-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

देउवाको पक्षमा कांग्रेस एकमत, यस्तो देउवा अनुकुल संसदको अंकगणित



फागुन २८, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह ओली सरकारको विकल्प दिनुपर्नेमा एकमत देखिएको छ । कांग्रेस पदाधिकारी बैठक अघि पौडेल र सिटौला समूहबीच भएको छलफलमा यस्तो निष्कर्ष निस्केको हो ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा शुक्रबार बिहान बसेको देउवा पक्ष इतरको बैठकले ओलीको विकल्प अनिवार्य रहेको निष्कर्ष निकालेको हो । ओलीको विकल्प दिन सभापति शेरबहादुर देउवालाई नै अगाडि सार्नुपर्ने निष्कर्ष पनि पौडेल–सिटौला पक्षको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार आजको पदाधिकारी बैठकमा देउवालाई संयुक्त रुपमै सरकार बनाउन पहल गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । ‘माओवादी केन्द्रले पनि भनिरहेको छ, एमालेभित्र पनि समस्या छ, यस्तो अवस्थामा सरकार बनाउन सभापतिजीले पहल गर्नुपर्छ, हामी सहयोग गर्ने कुरामा स्पष्ट छौं’, उनले भने , ‘आजको बैठकमा यहि कुरा हामी राख्छौं ।’

कांग्रेस नेतृत्वको सरकार बनाउन प्रचण्डको प्रस्ताव

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । उनले जनता समाजवादी पार्टीको सहयोग लिन खोजीरहेका छन् । यस्तोमा माओवादी केन्द्रले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेको छ ।

माओवादी केन्द्रले स्थायी समिति बैठकबाटै ओलीको विकल्पमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको थियो । यसअघि नेकपा विघटनपूर्व पनि प्रचण्ड र माधव कुमार नेपालले ओलीको विकल्प दिन देउवालाई अगाडि सार्न आफुँहरु तयार रहेको बताएका थिए ।

ओली अनुकुलमा छैन् संसदको अंकगणित

हाल ओली नेतृत्वको एमालेसँग प्रतिनिधि सभामा १२० सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालको सरकार टिकाउन १८ सांसदको आवश्यकता पर्दछ ।

जसका लागि उनले कांग्रेस र जसपामध्ये एक रोज्दा हुन्छ । संसदमा जसपासँग ३२ सिट छ भने कांग्रेससँग ६३ सिट छ । तर, जसपाको बहुमत पक्ष ओलीसँग सत्ता सहकार्यमा सहमत छैन् ।

यता कांग्रेस स्वंयलाई ५३ सिटको माओवादी केन्द्रले सरकारको नेतृत्व लिन आग्रह गरिरहेको छ ।

अर्कोतर्फ एमालेभित्रै पनि ओली सर्वसम्मत नेता होइनन् । ओलीको विकल्प खोज्नुपर्नेमा माधव नेपाल निरन्तर प्रर्यत्नशील छन् । यस्तोमा ओली इतरको सरकारको सम्भावना देखिएको छ । जसमा कांग्रेसभित्रको सहमतीसँगै देउवाको सम्भावना बढेर गएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको