back

दक्षिण अफ्रिकी जुलु समुदायका राजाको निधन

वि.सं.२०७७ फागुन २८ शुक्रवार

111 

shares
NTC AD
Global IME AD

२८ फागुन । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना रहेका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ । राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेका थिए । उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मीएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए ।

परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ । हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ । रासस

वि.सं.२०७७ फागुन २८ शुक्रवार १५:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...