Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

ओलीले खोसे माधव पक्षका नेताहरुको जिम्मेवारी



फागुन २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई थाहै नदिई महत्वपूर्णं निर्णयसहित केन्द्रीय समितिको बैठक टुंग्याएका छन् । उनले महाधिवेशनको मिति तोक्दै नेताहरुको जिम्मेवारी हेरफेरसमेत गरेका छन् ।

ओलीले एकातर्फ आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गराएका छन् भने अर्कोतर्फ ४२ जनालाई केन्द्रीय समितिमा स्वतः मनोनित गराएका छन् । पूर्वमाओवादी खेमाका नेताहरुलाई उनले केन्द्रीय समितिमा मनोनित गराएका हुन् ।

ओलीले सातवटै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि फेरबदल गरेका छन् । मुख्यतः माधव कुमार नेपाल पक्षका नेताहरुलाई हटाउँदै उनले आफुँ पक्षीय नेताहरुलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिएका छन् ।

ओलीले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेका छन् । बादल, मणि थापा र भट्ट पूर्वमाओवादीका नेता हुन् ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन् ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

सम्बन्धित समाचार

माधव पक्षलाई वेवास्ता गर्दै ओलीले गरे केन्द्रीय समिति विस्तार, बादल समूहका सबै सदस्य मनोनित

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा