फागुन २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी समूहका नेताहरुलाई केन्द्रीय समितिमा चयन गरेका छन् । उनले पूर्वमाओवादी समुहका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
माधवकुमार नेपाल पक्षको अनुपस्थित रहेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो।
को–को परे केन्द्रीय समितिमा ?
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल चौलागाईं
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर चौधरी
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३. गिरधरी लाल