२८ फागुन, काठमाडौँ । नेकपा(एमाले)का नेता घनश्याम भूसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।
महाधिवेशनबाट निर्वाचित उपमहासचिव बनेका भूसालले ओलिको एक उद्देश्य कम्युनिष्ट आन्दोलनलाई विघटन गर्नुभएको र आजको घटनाले त्यो पुष्टि भएको उल्लेख गर्दै नेता भूसालले ओलिले चाहे जस्तो कम्युनिष्ट आन्दोलन विघटन गर्न नदिने खबरदारी गरेका हुन् ।
शुक्रबार अध्यक्ष ओलीले माधव पक्षका नेताहरुलाई बेवास्ता गर्दै आफू पक्षीय नेताहरुलाई पार्टीको जिम्मेवारी दिएपछि आक्रोशित बनेका नेता भूसालले टिवट्रमा टिव्ट गर्दै भनेका छन् ‘केही बर्षदेखि मैले ओलीजीको सामथ्र्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । वहाँले त्यही गर्दै आउनुभएको छ । आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि वहॉलाई धन्यवाद छ ।’
‘तर वहाँले बुझ्न एउटा कुरा बाँकी छ –कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, वहालाई असफल पारिनेछ ।’ नेता भूसालले भनेका छन् ।
अर्का तत्कालिन उपमहासचिव विष्णु पौडेल भन्दा पनि १५ भोट बढी ल्याइ उपमहासचिव बनेका भूसाल प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम लगत्तै मन्त्री पद छाडेका थिए ।