
२८ फागुन, काठमाडौँ । तत्कालिन नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय समितिकाे बैठक गरी आफू पक्षकालाई मात्र पार्टी जिम्मेवारी दिएपछि धारणा राख्दै वामदेव गौतमले अब केपी ओलीसँग मिल्ने र उनीसँग सँगै जाने सम्भावना समाप्त भएको बताएका हुन् ।
‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’ वामदेवको सचिवालयले जनाएको छ ।