Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रलाई युवा नेता मल्लको १० बुँदे सुझाव



२८ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता रमेश मल्लले पार्टी नेतृत्वलाई १० बुँदे सुझाव दिएका छन् ।

अहिले पार्टी भित्र देखिएको असहजतालाई सम्बोधन हुने गरी उनले आफनो तर्फबाट १० बुँदे सुझाव पेश गरेका हुन् । नेता मल्लले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अहिले नै नाम बदल्न हतारो नगर्न अनुरोध गरेका छन् । उनले जिम्मेवारी वा जिम्मेवारीविहीनको अवस्थाबाट मुक्त गर्न लगायतका १० टिप्स प्रस्तुत गरेका छन् ।

 नेतृत्वमा हार्दिक निवेदन :
१) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अहिले नै नाम बदल्ने हतारो नगरौं। नेकपा तथा माओवादी आन्दोलनका विविध धारासङ्ग सम्वाद गरि एकीकृत धार निर्माणको वातावरण बनाएर, अरुले पनि अपन्वत्व लिने गरि नयाँ नामको बारे छलफल गरौंला। अहिलेलाई नेकपा (माओवादी केन्द्र)– जिन्दावाद भनौं। माक्र्सवाद, लेनिनवाद , माओवाद – जिन्दावाद ! भनौं।

२) समाजवाद उन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएको नेकपाको एउटा धार हामी भएकोले यसलाई व्यवस्थित ब्याख्या गरि आगामी राजनीतिक कार्यक्रम बनाऔं ।

३) प्रतिगामी शक्तिलाई परास्त गरि वाम लोकतान्त्रिक शक्तिको सरकार निर्माणको पहल सार्थक बनाऔं।

४) पार्टीलाई क्रान्तिकारीकरणको दिशामा पुनर्निर्माण गर्न द्रब्यमोह र परिवारमोहबाट माथी उठि नयाँ संस्कार र संस्कृतिको पार्टी स्कुलको पुनर्गठन नेतृत्वबाटै गरौं।

५) पार्टी भित्र हुर्किएको जाति, क्षेत्र, गोत्र र एस म्यानको समुह (गुट) मनोविज्ञानलाई पार्टी मनोविज्ञानमा बदल्दै निर्णय गर्ने स्थानमा आफ्ना नहुने पनि सुरक्षित हुन्छन् वा पार्टी नै आफ्नो हो भन्ने सन्देश व्यवहारिक रूपमा प्रवाह गरौं। पार्टी क्याडरहरुलाई पटकपटक अपमानित हुने व्यवहार भुलेर पनि नगरौं।

६) पार्टीको पुरानो केन्द्रीय कार्यसमिति (माओवादी केन्द्रको सचिवालय) लाई केन्द्रीय नेतृत्वको आधार मानी सम्पुर्ण तहका समितिलाई आबस्यकता अनुसार पुनर्गठन गर्दै तल्लो तहसम्म कामकाजी र चुस्त कमिटी प्रणाली निर्माण गरौं।

७) सम्पुर्ण नेता कार्यकर्तालाई दोहोरो जिम्मेवारी वा जिम्मेवारीविहीनको अवस्थाबाट मुक्त गरौं।

८)सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धा र पुर्व जनमुक्ति सेनाका योद्धाहरुलाई कमिटी प्रणालीमा उचित स्थान दिने कुरालाई गम्भीरताका साथ मनन गरौं।

९) पार्टीलाई साचो अर्थमा किसान, मजदुर र श्रमिक वर्गको पार्टीमा रुपान्तरण गरौं।

१०) पार्टीका सबै तदर्थ कमिटीलाई निश्चित समयभित्र अधिवेशन र महाधिवेशनमार्फत कार्यसमितिमा बदलौ।
जनतामा भर परौ, कार्यकर्तामा विश्वास गरौं ! पार्टी पुनर्निर्माण गर्न सम्भव छ, सकिन्छ। धन्यवाद !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि