
राज्य प्रमुख वा उच्च पदमा बस्नेहरुलाई हामीले अन्जानैमा मिडिया सेलिब्रेटी बनाइ रहेका छौँ । उनीहरु पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नु भन्दा पनि यस्तै कार्यक्रमहरुमा मुख देखाउने अनि हिड्ने गर्दछन् । एकै दिन ८–१० वटा कार्यक्रममा एउटै व्यक्ति प्रमुख अतिथि बनेको समाचार पढ्न पाइएको छ । ठूला मान्छेलाई प्रमुख अतिथि बनाउनै पर्ने बाध्यता हाम्रो हो वा प्रमुख अतिथि बनिदिनै पर्ने बाध्यता उनीहरुको हो यसबारेमा बहस सुरु गर्नु पर्ने बेला भएको छ ।
आजकल कुनै कार्यक्रम आयोजना गर्ने भन्ने बित्तिकै आयोजकलाई प्रमुख अतिथि को बोलाउने भन्ने टेन्सन हुन्छ । देशका राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्री वा उच्च पदस्थ नबोलाए अर्थात् ‘ठूलामान्छे’ र मिडियाकर्मी आउँदैनन् । मिडियाले टेलिभिजनमा नदेखाए, पत्रिपत्रिकाले नछापिदिए वा कुनै एफएमले नफुकिदिए कार्यक्रम सफल नमानिने संस्कार बसिसकेको छ । मिडियाको उपस्थितिलाई आधार बनाएर कार्यक्रम सफल भए नभएको मूल्यांकन गर्ने गरिन्छ । त्यसैले पनि मिडियाकर्मीलाई तान्न ठूला मान्छे प्रमुख अतिथि नबनाइ नहुने बाध्यता जस्तै बनेको छ, आयोजकहरुलाई । ठूलामान्छे आउने भने पछि आफ्नो कुरा सुनाउन पाइन्छ भनेर सहभागिता पनि बढ्ने गर्दछ । यसकारण पनि प्रमुख अतिथिमा ठूला मान्छे नबोलाइ नहुने बाध्यता बनेको छ । त्यसैले कसले प्रमुख अतिथिलाई बोलाउने जिम्मा आयोजक मध्येबाट चिनेको वा उसको पहुँचताका आधारमा दिइन्छ । जिम्मेवारी लिने व्यक्तिले पनि आफ्नो ठूलो मान्छेसँगको निकतटा देखाउन पनि जसरी पनि उपस्थिति गराउनै पर्ने महशुस गर्दछ ।
हाम्रो यहि मान्यताका कारण अहिले ठूला पदमा बस्ने नेताहरु जर्बजस्त सेलिब्रेटी बनेका छन् । कार्यक्रममा प्रमुख अतिथि भनेर राख्यो, १– डेढ घण्टा ढिला आउँछन्, आएको २० मिनेट भएको हुँदैन, मलाई अर्को कार्यक्रममा जान हतार छ भनेर कार्यक्रम सञ्चालकलाई अप्ठ्यारोमा पार्छन् । प्रमुख अथिति बनेर आउनेले बोल्न नदिने हो भने हिड्छु भनेका मात्र होइन १ महिनादेखि समय निश्चित गरेर बारम्बार अपडेट भैरहेको बेलामा पनि अन्तिम समयमा बिरामीो बहाना देखोउने, आसेपासेमार्फट के फाइदा छ भनेर बुझ्न लगाउने र आफ्नै परेपछि भने झारा टार्ने हिसाबले आइदिने काम पनि प्रमुख अतिथिबाट हुने गरेका छन् । प्रमुख अतिथिको आदेश मान्नै पर्यो । जब प्रमुख अतिथि बोलेर निस्कन्छन् मिडिया र केही सहभागी पनि सँगसँगै उठेर गइदिन्छन् । प्रमुख अतिथि गएपछिको कार्यक्रम भनेको संस्थाको आन्तरिक छलफल जस्तो मात्रै हुन्छ । त्यसपछिको छलफलमा कोही निन्द्राले हाइ हाइ गरिरहेका हुन्छन् भने कोही कति खेर सकिन्छ भनेर घडि हेरिरहेका हुन्छन्, त्यसैले जुन अपेक्षाले कार्यक्रमको उपलब्धि खोजिएको हो, यथार्थमा त्यो सम्भव हुँदैन, यद्यपी टेलिभिजनमा आयोजक संस्थाको नाम देखाइदिए मात्र पनि कार्यक्रम सफल भएको अनुभूति गर्दै दंग पर्ने चलन छ ।
सत्तामा बसेर भाषण बाहेक केही गर्न सकेनन् भनेर आक्षेप लगाउने पनि हामी नै हुन्छौँ तर उनीहरुलाई काम गर्न नदिनेमा हामीहरु पनि जिम्मेवार छौँ भन्ने कुरा भूल्छौँ । कार्यक्रममा बोलाइसकेपछि शिर्षक अनुसार केही न केही त बोल्नै पर्यो । यसको परिणाम ‘धेरै कार्यक्रम धेरै आश्वासन’ ।
राज्य प्रमुख वा उच्च पदमा बस्नेहरुलाई हामीले अन्जानैमा मिडिया सेलिब्रेटी बनाइ रहेका छौँ । उनीहरु पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नु भन्दा पनि यस्तै कार्यक्रमहरुमा मुख देखाउने अनि हिड्ने गर्दछन् । एकै दिन ८–१० वटा कार्यक्रममा एउटै व्यक्ति प्रमुख अतिथि बनेको समाचार पढ्न पाइएको छ । ठूला मान्छेलाई प्रमुख अतिथि बनाउनै पर्ने बाध्यता हाम्रो हो वा प्रमुख अतिथि बनिदिनै पर्ने बाध्यता उनीहरुको हो यसबारेमा बहस सुरु गर्नु पर्ने बेला भएको छ । कार्यक्रमहरुमा त्यस्ता ठूला मान्छेहरु जानै नहुने भन्ने हुँदैन । कतिपय कार्यक्रमहरु राज्यका लागि अत्यन्त उपयोगी पनि हुन्छन् । त्यस्ता कार्यक्रममा प्रमुख अतिथिले मुख देखाएर मात्र हिड्नु उचित हुँदैन । उनीहरुकै कारण कार्यक्रम ढिलो सुरु हुन्छ भने बीचमै उठेर हिडिदिँदा सान्दर्भिक कार्यक्रम पनि ‘कार्यक्रम’ मै मात्र सिमित बन्न पुग्छन् । त्यसैले कुन कार्यक्रममा म जानु उचित छ भनेर अध्ययन गरी जानु उपयुक्र्त हुन्छ । त्यस्ता कार्यक्रममा प्रमुख अतिथि सुरु देखि अन्तसम्म सहभागीको सल्लाह सुझावको निचोड सहित सुनेर मात्र उठ्नु पर्दछ । राज्य स्वयम्ले गर्न नसकिरहेका कतिपय कुराहरुमा यस्ता कार्यक्रम निकै सहयोगी पनि हुनसक्छन् ।
सत्तामा बसेर भाषण बाहेक केही गर्न सकेनन् भनेर आक्षेप लगाउने पनि हामी नै हुन्छौँ तर उनीहरुलाई काम गर्न नदिनेमा हामीहरु पनि जिम्मेवार छौँ भन्ने कुरा भूल्छौँ । कार्यक्रममा बोलाइसकेपछि शिर्षक अनुसार केही न केही त बोल्नै पर्यो । यसको परिणाम ‘धेरै कार्यक्रम धेरै आश्वासन’ । जनता हामी आश्वासनको अपेक्षा गर्दछौँ र त्यो तुरुन्त पुरा हुनुपर्दछ भन्ने अपेक्षा गर्दछौँ । तर उनीहरुलाई काम गर्ने समय दिनु भन्दा पनि कार्यक्रमको गहना बनाएर भुलाइरहेका छौँ भन्ने कुरा भुल्छौँ ।
राष्ट्रपति कार्यक्रममा सहभागी हुनु पर्यो भने दजर्नाैँ सेक्युरिटी खटाउनु पर्दछ । यसले एकातिर राज्यको खर्च बढाउँछ भने सवारीका कारण जनताले अनाहकमा दुःख पाउनु पर्दछ । राज्यलाई भार हुने नागरिकले दुःख पाएर पनि त्यो कार्यक्रमबाट आउने उपलब्धि भनेको राष्ट्रपतिको ‘सेलिब्रेटी’ मात्र हो । त्यस्तै राज्यका अन्य निकायका प्रमुखहरु प्रमुख अतिथिका रुपमा उपस्थिति हुनुपर्दा सुरक्षाकर्मी खटाउनु पर्दाको खर्च र सडकमा सवारी दुगुराउँदाको पेट्रोल खर्च पनि हामी जनताकै करबाट हो भन्ने मनन गर्न जरुरी छ । राष्ट्रपति, प्रधानमन्त्री लगायतका ठूलावडाहरु प्रमुख अतिथि बन्न जाँदा लज्जा नव्यहोर्ने निश्चित हुनुपर्दछ । रामदेवको कम्पनी उद्घाटनमा राष्ट्रपतिले औपचारिक उद्घाटन गर्दा रामेदव र बालकृष्ण नउठेको प्रसङ्ग यहाँ मननीय छ ।
पहुँच छ भन्दैमा दन्तमञ्जन उद्घाटनमा प्रमुख अतिथि राष्ट्रपति नै खोज्ने, बाटोमा सरसफाइ अभियान गर्दैछौँ भने पनि प्रधानमन्त्री नै रोज्ने मानसिकता त्याग्नै पर्दछ । प्रमुख अतिथि बनेर जानेले पनि कार्यक्रमको उपयुक्र्तताको अध्ययन गरेर मात्र सहभागी हुन उचित हुन्छ । मिडिया हाउसहरुले पनि कार्यक्रममा प्रमुख अतिथिको पिछा गर्ने होइन की, त्यो कार्यक्रम देशको खातिर कति उपयोगी छ भन्ने आधारमा मूल्यांकन गर्न जरुरी छ । नत्र नेता बिर्गेका होइनन्, हामीले बिगारेका हौँ भन्ने स्वमूल्यांकन गर्न जरुरी छ । सत्तामा जिम्मेवारीमा रहेकालाई सेलिब्रेटीका रुपमा नदौडाऔँ । बरु हरेक हप्ताको एक दिन सरकारका सम्बन्धित निकायले सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्न सके यसबाट राज्यले आफूलाई आवश्यक पर्ने नीति नियम बनाउन सक्छ । पद ठूलो हो तर पदलाई सेलिब्रेटी बनाएर देखाउने काम गर्न छाडौँ । प्रचारप्रसारमा होइन काममा उपलब्धीको मूल्यांकन गरौँ । सबै पदको उत्तिकै सम्मान गर्न सके सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्न सक्छौँ ।