Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः बुढेसकालको कहानी



छाला चाउरियो सबै बल गयो गोडा गले पाखुरा ।
कालो केस सफेद भो नजरको पानी गयो आखिर ।।
साह्रै दुख्दछ टाउको अनि घुँडा सर्वाङ्ग डाहा गरी ।
फुक्ले दन्तहरू शरीर न अडी काम्ने भयो थर्थरी ।।

भन्थें फोर्छु पहाड नाघ्छु सहजै खोला र खोल्सा सबै ।
लड्थें बाघ वनेलका सँगसँगै बाँकी नराखी कवै ।।
बोक्थें बोझ ठुलाठुला अघिसरी धोक्रा र डोकाहरू ।
बाँझो खेत खनेर लाइ बिरुवा थाकिन्न थ्यो जे गरुं ।।

भारी देह भएर अड्न नसकी थामिन्न कस्तै गरी ।
काया रुग्ण भएर आज यसरी हेर्दै रुँदै धर्धरी ।।
कुप्रो ढाड भयो घुँडा सिङ भए खोक्रो भयो पेट झन् ।
खाना स्वाद भएन निल्न नसकी तड्पेर यो रुन्छ मन् ।।

चाप्दैगो मधुमेहले दिनदिनै भो रक्त चापै पनि ।
बग्ने राल सिँगान लोचन दुबै छोपिन्छ बादल् बनी ।।
गाह्रो थाम्न दिसापिसाब नसकी रोकिन्छ त्यस्तै कति ।
साँचेको जति हो गरीजतनले बेकार भो सम्पती ।।

दुःखैमा अघि बैँसका दिन बिते छोरा र छोरी भनी ।
खानै कत्ति भएन आज सुखले पच्दैन केही पनि ।।
लौराको भरमा परी जतनले हिड्दैछु ताते गरि ।
साथी औषधभो बचिन्छकिभनी टाल्दैछु कन्था सरी ।

जस्का पुत्र वधू सु सज्जन भए सेवा बहुत् गर्दछन् ।
मुर्खै पर्नगए तिनै यदि भने आँखा दुबै तर्दछन् ।।
तस्मात् सोच बिचार गर्नु पहिले बर्गत् छँदै देहमा ।
पुग्नै पर्छ सहेर कष्ट पछिता त्यै कालका गेहमा ।।

बाजे बाबु बिते सखा सब बिते मैँमात्र बाँकी रहें ।
बोल्ने मानिस आज छैन सँगमा ऐले म एक्लै भएँ ।।
बोल्दैनन् घरका जहान किनहो हेलाँ भएँ के गरुं ।
यस्तो कष्ट सहेर बच्नु नपरोस् मर्नै निको हो बरु ।।

छन्द: शार्दूलविक्रीडित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला