
१ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको दोस्रो टि-२० आज अहमदाबादमा हुन गईरहेको छ । पहिलो टि-२० मा भारतलाई पराजित गर्दै इंल्याण्डले ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।
पहिलो खेलमा खराब प्रदर्शन गरेको भारतले दोस्रो खेलमा आफ्नो प्लेइङ्ग–११ मा केही परिवर्तन गर्ने देखिन्छ । पहिलो खेलमा ३ स्पिनरलाई खेलाएको भारतले दोस्रो टि-२० मा स्पिनरमात्र खेलाउन सक्ने छ । भारतले १ स्पिनरको स्थानमा टि नटाराजन अथवा दिपक चाहरलाई मौका दिन सक्छ । त्यसैगरी पहिलो टि -२० मा विश्राम पाएका रोहित शर्माले पनि शिखर धवनको स्थानमा मौका पाउने सम्भावना बलियो रहेको छ। इंग्ल्याण्डले भने आफ्नो प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार आज बेलुका ७:१५ बाट सुरु हुनेछ ।
भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा शिखर धवन, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल दिपक चाहर, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, भुवनेश्वर कुमार, शार्दुल ठाकुर।
इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, डेविड मलान, जोस बटलर, जोनी बेयरिस्टो, इयोन मोर्गन, बेन स्टोक्स, श्याम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद, मार्क वुड।