
२८ फागुन, काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्य ४०० रुपैँयाले उकालो लागेको छ ।
शुक्रबार ८६ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ८६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ रहेको छ ।
आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।