Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ आवश्यकता



१ चैत, कावासोती । बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ । दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।

जिल्लाको सदरमुकामका रूपमा रहेको कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्ण भएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखालिएको छ ।

दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुल्ला पानीका स्रोत हुन्छन् । यसकारण फायर हाइड्रेन्ट बनाउनु अति आवश्यक हुन्छ ।

कावासोतीमा चाँडै फायर हाइड्रेन्ट निर्माण गरिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कँडेलले बताए । खानेपानीले डिपीआर तयार गर्दै गरेको र बजार क्षेत्रमा कहाँकहाँ राख्न उपयुक्त देखिन्छ सो क्षेत्रमा फायर हाइड्रेन्ट राखिने अध्यक्ष कँडेलले बताए ।

“हामीले हाम्रो सामाजिक उत्तरदायित्वका रूपमा लिएका छौँ, कावासोतीमा करीब आठदेखि १० स्थानमा ‘फायर हाइड्रेन्ट’ बनाउने छौँ’ अध्यक्ष कँडेलले भने, “करीब छ महिनासम्ममा बनाउने योजना छ ।” कावासोती बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा दमकलको सहायतामा पानी निकाली आगोबाट हुने क्षति न्यूनीकरण होस् भनेर यसको योजना बनाएको उनले बताए ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुलीका चार स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरेको छ । दुई स्थानमा बोरिङबाट सहजरूपमा पानी निकाल्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’का रूपमा विकास गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुषालले बताए ।

फायर हाइड्रेन्ट निर्माणपछि प्रयोगमा समेत ल्याइएको र यसले आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ । “फायर हाइड्रेन्ट नहुँदा दमकललाई खोलातिर पानी खोज्न जानुपथ्र्यो, अहिले यहीँ भएको छ, केही मिनेटमा चाँडै पानी भर्दासमेत धेरै क्षति न्यूनीकरणमा यसले सहयोग  पुर्याउँछ”, उनले भने । राजमार्गसँग जोडिएका नवलपुरका धेरै बजार क्षेत्रमा अझै पनि फायर हाइड्रेन्ट बन्न सकेका छैनन् । यसमा स्थानीय तहले समेत चासो दिन आवश्यक रहेको बजार क्षेत्रका बासिन्दाको भनाइ छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा