
१ चैत्र, काठमाडौं । एभरेष्ट बैंकले जनकपुरस्थित जानकी मन्दिरमा क्युआर कोडबाट नगदरहित भेटी चढाउने सेवा सुरु गरेको छ ।
बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले संयुक्त रुपमा उक्त क्युआर कोड भेटी सेवाको शुभारम्भ गरे ।
उक्त समारोहमा बैंकका नायब महाप्रबन्धक डा। सन्धिर कुमारले यो सेवाको प्रयोगले भत्तजनले सजिलै क्यूआरकोडको प्रयोग गरि भेटी चढाउन सक्ने र उ भेटी सहि समयमा जानकी मन्दिरको शाखामा जम्मा हुने उनले जानकारी दिए ।