-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द



१ चैत्र । अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् ।अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।

हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् ।

उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली