
१ चैत, काठमाडौँ । साताको पहिलो दिन आईतबार सेयर बजारमा भारी अकंको गिरावट आएको छ । आज सेयर बजार (नेप्से) ५१ दशमलब २३ अकंले घटेर २४०७ दशमलब २५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १० दशमलब १० अकंले घटेर ४३५ दशमलब १३ अकंमा पुगेको छ ।
सेयर बजारमा गिरावट आएसँगै होटल्स पयर्टन र हाइड्रोपावर बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।
आज कुल सूचिकृतमध्ये २११ कम्पनीको ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैंया बराबरको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६० हजार ९ सय ७३ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अपर तामाकोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, नेपाल लााईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपर तामाकोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा भारी अकंले गिरावट आउदाँ पनि चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९५ प्रतिशतले कमाएका छन । त्यस्तै अपर तामाकोशी, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाईड्रोपावर, रैराङ हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाउदाँ हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलोप, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन ।
आज भएको कारोबारमा १५ कम्पनी लागनीकर्ताले कमाउदाँ १५१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ९ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।