
चैत १, काठमाडौं । कर्णाली प्रदेशसभाका सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन् । एमालेको केन्द्रीय सदस्यमा मनोनित विष्ट आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै आफुँ माओवादी केन्द्रमै रहेको बताएका हुन् ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एमाले प्रवेश गरेका सांसदहरुलाई कित्ता स्पष्ट पार्न अल्टिमेटम दिएसँगै उनले आफुँ माओवादीमै रहेको स्पष्ट पारेका हुन् । सुर्खेतबाट निर्वाचन विष्ट जनयुद्धका बटालियन कमाण्डरसमेत हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विश्वासपात्र मानिने विष्ट नेकपा विभाजनसँगै एकाएक ओली समूहमा प्रवेश गरेका थिए । तर, माओवादी पार्टीले कारबाही तयारी गरेसँगै उनी फर्किने निर्णयमा पुगेका हुन् ।