
१ चैत्र, काठमाडौं । एनएमबि बैंकले बिराटगरको तरकारी तथा फलफुल बजारमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी कारोबार सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीको सभापतित्व रहेको उक्त कार्यक्रममा भएको हो ।
कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषीदेवी भगतलाई १० लाख रुपियाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृतिपत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । सो कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राख्नु भएको थियो ।