
चैत २, काठमाडौं । नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किएको ९ दिन पछि पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच औपचारिक संवाद भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान संवाद भएको हो ।
संवादमा प्रधानमन्त्री ओली पक्ष र माधव नेपाल पक्षका शीर्ष नेताहरु सहभागी छन् । लामो समयदेखि कटुतापूर्णं सम्बन्ध रहँदै आएको यी दुई पक्षबीच भएको यस भेटवार्तालाई अर्थपूर्णं रुपमा हेरिएको छ ।
सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ । pic.twitter.com/hlcbqh74Pl
— Bishnu Rijal (@bishnurijal1) March 15, 2021
संवाद सुरु भएकोमा हर्षित देखिएका माधव नेपाल पक्षीय केन्द्रीय सदस्य विष्णु रिमालले पार्टी विवाद समाधान तर्फ मोडिएको प्रतिक्रिया दिएका छन् । ओलीले संवादका लागि अग्रसरताले पार्टी विवादको निकास दिने कुरामा विश्वास बढेको उनको भनाई छ ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ ।’