
२ चैत, काठमाडौँ । इंल्याण्ड र भारत बिच अहमदाबादमा भएको दोस्रो टि-२० मा भारतीय टिमले ७ विकेटले जित हासिल गरेको थियो । भारतको जितमा टिमका कप्तान विराट कोहलीले महत्वपूर्ण पारी खेलेका थिए । उनी ४९ बलमा ७३ रन बनाउदैँ नटआउट रहेका थिए । त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
कोहलीले दोस्रो टि-२० मा ७३ रनको पारी खेलेसँगै उनले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन । उनी टि-२० अन्तराष्ट्रिय क्रिकेटमा ३ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन । उनले ८७ टि-२० अन्तराष्ट्रिय खेलबाट ३ हजार रन पुरा गरेका हुन । टि-२० क्रिकेटमा उनको नाममा २६ अर्धसतक समेत रहेको छ ।
टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो र स्थानमा रहेका मार्टिन गप्टिलको २८३९ रन रहेको छ भने तेस्रो स्थानमा रहेका रोहित शर्माको २७७३ रन रहेको छ ।