४ चैत्र, काठमाडौं । आज बुधबारको बजारमा सुनको मूल्य ३ सय रुपैँयाले उकालो लागेको छ ।
मंगलबार ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आन ३ सय रुपैँयाले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार ४५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।