Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

हात्तीको आक्रमणबाट दुईजना घाइते



४ चैत, झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा