४ चैत्र, म्याग्दी। अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।
ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।