-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

ढोरपाटन शिकार आरक्षमा आगलागी, करीब ३० हेक्टर वन नष्ट



file -photo

४ चैत, गलकोट । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।

सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी  दिए। आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ ।

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस