
४ चैत, काठमाडौं । नेकपा एमालेका माधव–झलनाथ समूहद्धारा आयोजित राष्ट्रिय कार्याकर्ता भेलाको सुरु भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार र विहिबारदेखी सुरु भएको भेलामा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताइएको छ ।
भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, गोविन्द ज्ञवाली, केशरमणि पोखरेल, मोदनाथ प्रश्रित, मोहन चन्द्र अधिकारी, शितल कुमार लगायत पार्टीका स्थायी समितिका सदस्यहरुको नेताहरुको पनि उपस्थिति रहेको छ ।