-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालनमा



४ चैत्र, मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

हाल मकवानपुर गढी कोभिड– १९ सङ्क्रमणमुक्त भए पनि यससम्बन्धी समस्या देखिएमा अब स्थानीय तहमै सञ्चालित अस्पतालबाट सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए। अहिले गाउँपालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

कोभिड अस्पतालले बिरामीको स्वास्थ्यपरीक्षण, उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस, कोभिडका शङ्कास्पद बिरामीको स्वाब परीक्षणका लागि सिफारिसलगायतका काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा