-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपान्तरित हुनुस् अध्यक्षज्यू, भेलामा आइदिनुस् -नेतृ अष्टलक्ष्मी शाक्य



४ चैत, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीलाई रुपान्तरित हुन हुँदै भेलामा आइदिन अनुरोध गरेकी छन् ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई स्वागत गर्दै नेतृ शाक्यले प्रधानमन्त्रीलाई सच्चिनु अनुरोध गर्दै जनताको मर्म बुझेर गणनन्त्रको नेता तथा प्रधानमन्त्री बन्न नसके प्रधानमन्त्री पदको आयु आफूहरुले तोक्नु नपर्ने बताइन् ।

‘रुपान्तरित हुनुहोस्, तपाइ नेतृत्व हो । यदि नेतृत्वले आफ् सच्चिन चाहदैन भने, कम्युनिष्ट विचारलाई आत्मासाथ गर्न सक्नु भएन भने विधान अनुसार कम्युनिष्ट आन्दोलनलाई चलाउन सक्नु भएन भने तपाइले जनताको मर्मलाई बुझेर गणतन्त्रको नेता प्रधानमन्त्री बन्न सक्नु भएन भने तपाईकोआयु हामीले तोक्नु पदैन,’ सम्बोधनका क्रममा नेतृ शाक्यले भनिन्, ‘अस्ति भर्खर प्रतिगमन गर्नु भएको छ तपाइले नैतिकता भएको भए प्रतिगमन गरिसकेकेपछि अदालतले प्रतिनिधि सभा पुनस्र्थापित गरिसकेपछि यो नैतिकताको आधारमा तपाईले राजिनामा दिनुपर्ने हो तर तपाईसँग नैतिकता कति छ भन्ने यसैबाट थाहा हुन्छ ।’ नेतृ शाक्यले भनिन् ।

नेतृ शाक्यले २८ गतेको निर्णय बिधान विपरित गुटको भेलाले सबै पदाधिकारीलाई हटाउने काम गरेकोमा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन आग्रह गरेकी थिइन् ।

‘कमरेड अहिले पनि समय छ, यो भेलामा तपाइ आइदिनुस् । हामी एमालेललाई बलियो बनाउन चाहान्छौं । हामी विभाजित कम्युनिष्ट पार्टी एमाले बनाउन चाहादैनौं,’ नेतृ शाक्यले भनिन्, ‘त्यसैले सर्विोच्च अदालतले फैसला गरेपछि एक सेकेन्ड पनि हामीले ढिलो गरेनौं, हामी पुरानै ठाउँमा फर्र्कियौं ।’

पार्टी एकिकरणको आड र भरोसामा ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधामनमन्त्री बनेको तर एकिकरणको कामलाई एक सेकेन्ड पनि प्राथमिकता नदिएको नेतृ शाक्यले बताइन् ।

‘सम्पूर्ण कमिटिहरुलाई अस्त्व्यस्त बनाइदिनुभयो । त्यसपछि र्बैठक बस्नै छोड्नु भयो । बैठकबाट हामी अलग थलग हुनुपर्यो र पीडा भोग्नुपर्यो । कम्युनिष्ट आन्दोलनमा लाग्दा त्यो पीडा हामीलाई कम पीडादायी थिएन ।

उनले यस्तो पीडामा पनि केपी ओली सच्चिन सक्छन् भनेर धेरै मेहनत गरेको तर उल्टै आफ्नै सरहका नेताहरुलाई अपमान र हेला गर्दै खेलाको खेलाइ गरेर तुच्छ बचन लगाएर अलग–थलग पारिदिएको आरोप लगाइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको