-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

झापामा हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु



४ चैत्र, झापा । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस