Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रसुवामा चिसो हट्दै, पर्यटकको सङ्ख्या बढ्दै



४ चैत्र, रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन् ।

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको, तातोपनमा बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन सङ्ख्या क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा धुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०-२५ जनाले बढिरहेका छन् । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् ।

हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।

पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यकपर्ने खाध्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए । विदेशी पर्यटकको भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताए ।

उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती लोकल परिकारका भोजन, परम्परागतको वेषभूषा अवलोकन, जङ्गलमा चर्ने हिमाली चौरीगाईका बथानको अवलोकनजस्ता आर्कषणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताए ।

रसुवा क्षेत्रमा विसं २०५७/५८ मा स्थापना गरिएको बृद्धिम घरबासमा आउने पाहुनाका लागि आर्कषण बन्दै गएको छ । पर्यटन प्रर्वद्धनको माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो ।

हाल यहाँ २७ घरले आगन्तु पाउनालाई सेवा दिइरहेका छन् । घरबासमा आउने पाउनालाई बृद्धिम पुग्नासाथ पहिलो स्वागत गरी वासस्थानको घर तोक्ने र लोकल परिकारका खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए ।

खानपिन र बसोबासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छ सुन्दर देखिन थालेका कारण रसुवा घुम्नको लागि यहाँका व्यवसायीले पाउना माझ अग्रह गरेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको