Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द



४ चैत, मनिला । फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँको सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।

सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ । यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।

फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यो यात्रा प्रतिबन्ध लगाइएको हो । मंगलबार मात्र पनि यहाँ ५ हजार ४०० जना संक्रमित भेटिएका छन् । यहाँ कोभिडको नयाँ प्रजातिको संक्रमण पनि बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।
सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा