
चैत ६, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा धेरै अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकमा धेरै अनुपस्थित हुने सांसदहरुको नाम पढेर सुनाएका हुन् ।
सभामुख सापकोटाले जानकारी दिएअनुसार सबैभन्दा बढि बैठकमा अनुपस्थित हुने सांसदहरुमा कांग्रेसका सांसद नागेन्द्रकुमार, एमालेकी नविना लामा, माओवादीकी यसोदा सुवेदी गुरुङलगायत छन् ।
यी हुन् सबैभन्दा कम उपस्थित हुने सांसद
१. नागेन्द्रकुमार, २५ बैठकमा अनुपस्थित
२. स्व. सुर्यबहादुर केसी, २१ बैठकमा अनुपस्थित
३. नविना लामा, १९ बैठकमा अनुपस्थित
४. कलिला खातुन, १७ बैठकमा अनुपस्थित
५. यसोदा सुवेदी गुरुङ, १४ बैठकमा अनुपस्थित
६. निर्जला राउत, १४ बैठकमा अनुपस्थित
७. सुरेशचन्द्र दास, १३ बैठकमा अनुपस्थित
८. गढोश सिंह ठगुन्ना, १३ बैठकमा अनुपस्थित
९. मेहन्द्र कुमारी लिम्बु, १३ बैठकमा अनुपस्थित
१०. रुही नाज, ११ बैठकमा अनुपस्थित
११. केदार सिग्देल, १० बैठकमा अनुपस्थित