
६ चैत्र, काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ ।
बिहीवार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले उक्त स्थानमा क्यूआर कोड सेवाको शुरुवात गरेका हुन् ।
यसैगरि, उक्त क्यूआर कोड सेवा शुरू भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।