Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्यूँतिएको एमालेमा चरम अराजकता, गुटपिच्छे भेला र बैठक



चैत ६, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै फागुन २३ मा ब्यूँतिएको नेकपा (एमाले)मा निकै अराजकता देखिन थालेको छ । पार्टीमा गुटविच्छे राष्ट्रिय भेला हुन थालेसँगै यस्तो देखिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटलाई मात्रै समेटेर अगाडि बढ्न खोजेपछि एमालेभित्र समस्या बढेको धेरैको बुझाई छ ।

ओलीको कदमसँगै समस्यामा परेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले देशभर समानान्तर गविविधि अगाडि बढाउन थालेको छ । राष्ट्रिय भेला सम्पन्न गरेको माधव–झलनाथ पक्षले शुक्रबारदेखि देशैभरि जनवर्गीय संगठनहरुको समानान्तर भेला गर्ने अभियान थालेको हो ।

शुक्रबार माधव नेपाल पक्षले अखिल नेपाल महिला संघको राष्ट्रिय भेला गरेको छ भने आगामी चैत १० मा विद्यार्थीहरुको भेला डाकेको छ ।

एमालेमा माधव–झलनाथ पक्षले मात्रै होइन् उपाध्यक्ष बामदेव गौतम पक्षले पनि देशव्यापी भेला गर्दै समानान्तर कमिटी गठनको अभियान चलाएको छ । तत्कालिन नेपाल कम्य्निष्ट पार्टी (नेकपा) रहेको अवस्थामा राष्ट्रिय एकता अभियान चलाएको बामदेव गौतम पक्षले एमाले ब्यूँतिएपछि पनि पुनः बेग्लै भेला तथा बैठकहरु चलाईरहेको छ ।

शुक्रबार मात्रै गौतम पक्षले एमालेको अखिल नेपाल किसान महासंघको भेला गरेको छ ।

गुटगत भेला गर्नेलाई कारबाही गर्ने घोषणा अर्थहिन बन्दै

प्रधानमन्त्री ओलीले पक्षले गत फागुन २८ मा एकलौटी रुपमा एमालेको विधान संशोधनदेखि केन्द्रीय समिति विस्तारसम्मको निर्णय गरेको थियो । साथै ओली पक्षले माधव नेपाल पक्षको बहुमत रहेको पदाधिकारी कमिटी खारेज गर्ने निर्णय गरेको थियो ।

ओली पक्षको उक्त निर्णयसँगै एमाले चरम अराजकतातिर गएको देखिन्छ । यसबीच गुटगत भेला तथा समानान्तर कमिटीको गठन हुन थालेसँगै ओली पक्षले घोषणा गरेको कारबाहीको कुरा अर्थहिन देखिन थालेको छ ।

झण्डै ५० प्रतिशतकै हाराहारीमा रहेको अर्को पंक्तिलाई कारबाही गर्न ओली पक्षलाई चुनौतिपूर्णं देखिन्छ । कतिपयले गुटविच्छेको भेलाले पार्टी विभाजन असम्भ्यावी रहेको बताउने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा