
६ चैत्र, धादिङ । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।
जिल्लाको खोल्सी जिपजिपेमा १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । त्यसपछि बाटो खन्दै गरेका जेसीबि चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नु साटो वरिपरीको माटो ल्याएर उनलाई खाल्डोमा पुरिदिएका थिए ।
स्थानीयले थाहा पाएलगत्तै उनी जेसिबी छाडेर भगेका थिए । हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ हप्ता पछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो ।