६ चैत्र, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी घुस सहि नियन्त्रणमा रहेका छन् ।
जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निजलाई सेवाग्राहीबाट लिएको रु. २४ हजार र स्रोत नखुलेको ५५ हजारसहित नियन्त्रणमा लिएको हो ।
घुस सहित पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।