७ चैत, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडन शुक्रबार विमान चढ्ने क्रममा तीन पटकसम्म सिढीमा चिप्लिएको भिडियो सार्वजनिक भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर सबैतिर चासो व्यक्त गरिएको छ ।
शुक्रबार एटलान्टामा एशियाइ–अमेरिकी समुदायका नेताहरुसँग भेट गर्नका लागि एयरफोर्समार्फत् जान लागेका राष्ट्रपति बाइडन विमानको सिढी चढ्ने क्रममा तीनपटक सम्म चिप्लिएर आफै उठेका थिए । तर उनलाई कुनै चोट नआएको तथा स्वास्थ्य अवस्था ठिक रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
विमानमा चढ्ने क्रममा हावाको वेग बढी भएकोले उनको कदम लड्खडाएको हुनसक्ने बताउँदै उनको स्वास्थ्य ठिक रहेको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपतिका प्रेस सेक्रेटरी क्यारिन जीन पास्कीले संचारमाध्यमसँगको कुराकानीमा राष्ट्रपति वाइडेनको स्वास्थ्य सय प्रतिशत ठिक रहेको बताएकी छन् । उनले सिढीमा चढ्ने क्रममा राष्ट्रपतिले गलत कदम चालेको र हावाको वेग तेज भएका कारण मात्र यस्तो भएको दावी गरेकी छन् ।
भिडियोमा राष्ट्रपति वाइडेन फटाफट सिढीमा चढ्ने क्रममा २ पटकसम्म चिप्लिएको र तेस्रोपटक पनि चिप्लिएर लड्दा घोडाले टेकेर रेलिङमा समाएर विमानभित्र प्रवेश गरेको दृश्य देखिएको छ ।
७८ वर्षीय वाइडेन अमेरिकाको इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बनेका पहिलो व्यक्ति हुन् ।
https://www.youtube.com/watch?v=3gcQrFsUFzQ
वि.सं.२०७७ चैत ८ आइतवार १४:४८ मा प्रकाशित