-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भक्तपुरमा ग्यास सिलिण्डर पड्किदा ६ जना घाईते



file -photo

९ चैत, काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा परि ६ जना घाईते भएका छन् ।

भक्तपुरको सुर्य विनायक नगरपालिका ५ सिर्जनानगरमा रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा भएको आगलागीमा परि ६ जना घाईते भएका हुन् ।

घाइते हुनेमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । उनीहरु बस्नेतका नातेदार भएको बताइएको छ ।

त्यसैगरी आगलागीमा परि झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक- ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् । उनीहरु ग्राहक रहेको बताइएको छ । घाईते सबैको कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा