
९ चैत, काठमाडौं । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च मलेसियालाई ब्यूँताईएको छ ।
सर्वाेच्च अदालतको फैसलाले नेकपा एमालेलाई ब्युँत्याइएपछि स्वभाविक रुपमा पार्टीको प्रवास शाखाको रुपमा रहेको मञ्च ब्युँतिएको हो ।
पार्टी एकिकरण भएसंगै तत्कालिन प्रवासी नेपाली मञ्च माओवादी केन्द्र सम्बद्ध प्रवास शाखासंग एकीकृत भएपछि प्रवासी नेपाली एकता मञ्चमा परिणत भएको थियो । तर, पार्टी एकता टुंगोमा नपुग्दै विभाजन भएपछि तत्कालिन राजेन्द्र प्रकाश भण्डारीको अध्यक्षतामा रहेको प्रवासी नेपाली मञ्चलाई ब्युँताईएको घोषणा राजेन्द्र प्रकाश भण्डारीको अध्यक्षतामा मार्च २१ गते बसेको बैठकले गरेको हो ।
प्रवासी नेपाली मञ्च ब्युँतिएको घोषणासंगै अस्वस्थताका कारण राजेन्द्र प्रकाश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।
अध्यक्षको राजिनामालाई सोहि बैठकले शेर बहादुर गुरुङलाइ चयन अध्यक्षमा चयन गरेको छ ।
शेर बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले भुतपूर्व अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाई मञ्चको सल्लाहकारमा सिफारिस गरेको र कमिटीलाई गतिशिल बनाउन छिट्टै पूर्ण बैठक बोलाउने निर्णय गरिएको कुरा मञ्चका महासचिव दयाराम कुमालले जानकारी दिएका छन् ।