
९ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत्र १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।
राष्ट्र बैंकका यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा गुणाकर भट्टलाई बैंक सुपरीवेक्षणमा सरुवा गरेपछि प्रवक्तामा ढकाललाई ल्याइएको हो ।
राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।