
आज विश्व जल दिवस हो। हरेक वर्ष आज मार्च २२ का दिनलाई युएनले पानी दिवसको रूपमा घोषणा गरेको छ र विश्वभरि आजको दिनलाई मनाउने कार्यक्रम गरिने गरिन्छ। जलको महत्व मानवजातिले भोग्न थालेको जल संकटले झन् झन् प्रमाणित गर्दै सचेत बनाउदै लगेको छ।
पृथ्वीमा पिउनयोग्य पानी फालाफाल छैन है, यसमा सचेत हुनैपर्छ। विद्यमान सीमित पानी काम नलाग्ने बनाउने नम्बर १ प्रकृतिका र आफ्नै दुश्मन मान्छे नै हो। आफ्नै खुट्टामा बन्चरो हान्ने प्राणी पनि मान्छे नै हो।
पानी बहुमुल्य हैन, यो अमूल्य वस्तु हो। यो बस्तु हैन, जीवन हो । जीवनको आधार पनि पानी नै हो। यो पृथ्वीमा पानी छ र त प्राणी र वनस्पति छ। वनस्पति छ र त मान्छे छ।
अहिले विश्वमा ७८ करोड मानिसले पर्याप्त सफा पानी पिउने पाएका छैनन्। सफा पानी खान नपाएर प्रतिदिन ४ हजार बालबालिका मर्छन्।
बिकसित भनिने अमेरिकाको ५६% भूमि सुख्खाग्रस्त भइसकेको छ। अन्य बिकसित मुलुकहरू पनि पानी संकटमा छन्, चिन्तित छन् र योजना रणनीति बनाएर काम गर्दैछन्।
यदि अहिलेको अविवेकी जल उपभोग अभ्यासमा परिवर्तन भएन भने सन् २०२५ सम्ममा विश्वमा ३ अर्ब मानिस जल संकटमा फस्नेछन्। मुम्बै र दिल्ली सबैभन्दा बढी जल संकटमा परेको सहर हुनेछन्।
हामीले खाने बस्तुले के कति पानी खपत गरेको हुन्छ ?
१) १ केजी चिकेन उत्पादन गर्न ३९०० लिटर पानी चाहिन्छ।
२)१ केजी बफरबिफरमटनले ६००० लिटर लिन्छस
३) १ किलो गहुँले १००० लिटर खपत गरेको हुन्छस
४) १ किलो चामलले ३७६० लिटर उपभोग गरेको हुन्छस
५) १ कप कफीले १४० लिटर पानी खपत गरेको हुन्छस
६) १ कप चियाले ३० लिटर लिएको हुन्छ।
७) एकजना सहरीया मान्छेले औषत १०० लिटर दैनिक पानी उपभोग गर्छ।
यो पृथ्वी ७२% जल हो। हाम्रो शरीर पनि ७२% जल हो।
तर, पृथ्लीमा रहेको ९७% जल पिउन नमिल्ने नुनिलो पानी हो। माछाले मात्र खान मिल्ने खारा पानी हो।
बॉकी रहेको ३५ पानी मात्र पिउन मिल्छ तर….
२.५५ बरफको रूपमा एन्टार्कटिक, आर्कटिक र हिमतालको रूपमा मानिसको पहुँच बाहिर छ। बॉकी बचेको पिउनयोग्य ०.५५ पानी ताल पोखरी वा नदीमा छन्।
०.५५ मध्येको पनि सय भागको १ भाग (०.००५ %) मात्र हामीले उपभोग गर्ने पहुँचमा छन्। बॉकी पानी पृथ्वीभित्रका कुनाकाप्चा वा एक्विफरमा भण्डारित छन्। पानीमा संकट हुनु भनेको जीवन संकटमा परेको हो।
पानी बचत गर्ने उपायहरू :
पानी प्रयोग गर्दा धारा खुला नराखौँ। धारा खुला राखी दॉत माझ्दा १५ लिटर खर्च हुन्छ।
एउटा धाराबाट एक सेकण्डमा १ थोपा पानी लिक हुदा वर्षको १० हजार लिटर पानी नष्ट हुन्छ।
– पानी रियुज र रिसाईकल गरौँ, एउटा कटनको टिशर्टले २५०० लिटर पानी लिएको हुन्छ भने एउटा जीनको लुगाले १० हजार लिटर पानी खपत गरेको हुन्छ।
-थोरै लुगा उपभोग गरौँ। वाशिंग मसिन वा डिश वाशरको प्रयोग जबसम्म फूल लोड हुदैन नगरौँ। नुहाउदा बाथ टब ठिक हैन, शावर ठिक छ तर बकेट प्रयोग एकदम किफायती हुन्छ।
-गार्डेनिंगमा प्रयोग गरिने ५०५ पानी उडेर वा बगेर खेर जाने गर्छ। स्प्रिंकलर वा पाईपले पानी हाल्नुभन्दा सकेसम्म ड्रिप सिंचाई प्रविधि अपनाउने गरौँ। माटोमा चिस्यान छ भने पानी प्रयोग नगरौँ। माटोको मुनि २ ईनाचसम्ममा चिस्यान छ भने पानी चाहिएको हुदैन।
उडेर खेर नजाओस् भनेर बिहान वा बेलुका मत्र गार्डेनमा पानी हालौँ। बिरूवाको वरिपरि पातपतिंगर राखौँ ताकि नमी नउडोस्, ताकि समय, पैसा र पानीको बचत पनि होस्।
-त्यस्तो वस्तु प्रयोग गर्ने वा खाना खाने सचेतता कायम गरौँ जसको उत्पादनमा न्युनतम् पानी खपत भएको वा मिनिमम् वाटर फुटप्रिन्ट होस्।