Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

भारत विरुद्धको एकदिवसीय श्रृखलाका लागि इंल्याण्ड टिमको घोषणा, रुट र आर्चर बाहिरिए टिमबाट



९ चैत, काठमाडौँ । भारत विरुद्धको एकदिवसीय श्रृखलाका लागि इंल्याण्ड क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । न्यूजिल्याण्ड क्रिकेट र्बोडले इयोन र्मोगनको कप्तानीमा १४ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

१ वर्ष पछि म्याट पार्किन्सनले इंल्याण्डको एकदिवसीय टिममा मौका पाएको छन । उनी लेग स्पिनर खेलाडी हुन । त्यसैगरी भारत विरुद्धको टि-२० श्रृखलामा मौका पाएका डविड मलान, क्रिस जोड्न र ज्याक बल पनि १४ खेलाडी भित्र पर्न सफल भएका छन ।

भारत विरुद्धको एकदिवसीय श्रृखलाबाट फास्ट बलर जोफ्रा आर्चर र टेस्ट टिमका कप्तान जो रुट भने बाहिरिएका छन । जोफ्रा आर्चर हातमा लागेको चोटको कारणले एकदिवसीय श्रृखलाबाट बाहिरिएका हुन । त्यसैगरी टेस्ट श्रृखला समाप्त भए पछि इंल्याण्ड फर्केका जो रुटलाई टिममा समावेश नगरिएको हो ।

भारत भ्रमणमा रहेको इंल्याण्ड भारतसँग टेस्टमा ३-१ ले पराजित भएको थियाे भने टि-२० श्रृखलामा ३-२ ले पराजित भएको थियाे । यी दुई टिम बिच बाँकी रहेको ३ खेलको एकदिवसीय श्रृखला मंगलबारबाट सुरु हुनेछ ।

भारत विरुद्धको एकदिवसीय श्रृखलाका लागि इंल्याण्डको टिम :
इयोन र्मोगन, मोइन अली, जोनी बेयरस्टो, साम बिलिङ्गस, जोस बटलर, श्याम करन, टम करन, लिमय लिभिंगस्टोन, म्याट पार्किन्सन, आदिल रशीद, जेसन रोय, बेन स्टोक्स, रीस टोपली, मार्क वुड।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा