-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

डाक्टर अनुप बास्तोलाको सुझाव–कोरोना संक्रमण सकिएको छैन सावधानी अपनाऔं



शु्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाले नेपालमा कोरोना संक्रमण सकिएको भनेर ढुक्क भएर बस्ने अवस्था नरहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गर्दै देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिक÷भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको अवस्था डा वास्तोलाले सामाजिक संजाल फेसबुकमार्फत् यस्तो अनुरोध गरेका हुन् ।

‘झट्ट सुन्दा\हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ ।’ उनले लेखेका छन् ।

पछिल्लो समय युरोपेली देश मात्र नभएर छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएको छ भन्दा फरक पर्दैन भन्दै डा. वास्तोलाले त्यस्तै असर नेपालमा पनि पर्न सक्ने बताएका छन् ।

‘किनकि, हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ । गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । हलमा हावा आउने–जाने ठाउँ थिएन । हलमा भित्रिने र बाहिरिने एउटै ढोका मात्र थियो,’ उनले भनेका छन् ‘जमघट र खानपिन साँझ ६ बजेदेखि राति ११ बजेसम्म (५ घण्टाजति) चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।’

डा. वास्तोला थप्छन्
‘उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि उहाँ निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो, जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति नै…

Posted by Bastola Anup on Sunday, March 21, 2021

त्यो जमघटमा पुग्नु भएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो । ५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन ।

यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ । यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ । त्यसैले तपाईंहरु मनन गर्नोस्, मापदण्डको पालना कत्तिको आवश्यक हो । कृपया भोजभतेर, भीडभाड सकेसम्म नगरौं । मापदण्ड पालना गरौं ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा