
९ चैत्र, काठमाडौं । मेरो सेयर सफ्टवेयरमा समस्या देखिएको छ । मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएको सीडीएस एण्ड क्लियरिङ लिमिटेले जनाएको छ ।
मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएसँगै लगानीकर्ताहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न समस्या भएको छ ।सीडीएसका अनुसार अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भइरहेको छ ।
सिंगटी हाइड्रो इनर्जीको आईपीओ भर्ने दिन भोलि, मंगलबार सम्म मात्र रहेको छ । मेरो सेयर सफ्टवेयरमा समस्या आएसँगै लगानीकर्ताले समस्या खेप्नु परेको छ ।