back

कोरोनाका कारण साउदीमा थप एक नेपालीको निधन, विदेशमा ज्यान गुमाउनेको संख्या ३४२ पुग्यो

वि.सं.२०७७ चैत ९ सोमवार

126 

shares
NTC AD
Global IME AD

लण्डन । कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट विदेशमा थप एक जनाको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

यो साता यी देशमा रहने नेपाली संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म विदेशमा ६३ हजार बढी संक्रमित
डा.सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने २ लाख ७१ हजार ८ सय १५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले बताए ।

 

वि.सं.२०७७ चैत ९ सोमवार १३:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

  काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त-द मेडिसिटि हस्पिटलमा...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

छपन्न लाख ४३ हजार बढी बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख...