
९ चैत्र, काठमाडौं । डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । संस्थाले गत आर्थिक वर्षको २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।
लघुवित्तले सभा प्रयोजनका लागि चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, लाभांश हात पार्न आज कारोबार अवधिसम्ममा शेयरधनी बनिसक्नुपर्नेछ । लघुवित्तको वार्षिक साधारण सभा चैत्र २० गते हुने भएको छ ।