-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

एड्भान्स्ड इन्जियनियरिङ कलेजद्वारा काश्मीर वल्र्ड फाउन्डेसनसँग सम्झौतापत्रमा हस्ताक्षर



९ चैत्र, काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काश्मीर वल्र्ड फाउन्डेसनसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

एड्भान्स्ड कलेजका तर्फबाट कार्यकारी निर्देशक कपिलदेव रेग्मी तथा काश्मीर वल्र्ड फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रिन्सेस एलिया प्यान्डोल्फीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै संस्थाबीच शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा विभिन्न परियोजनालाई प्रवद्र्धन गर्दै अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ ।

एड्भान्स्ड कलेजका अध्यक्ष रमेश सिलवालले सहकार्य र सम्बन्ध विस्तारका लागि काश्मीर वल्र्ड फाउन्डेसन तथा त्यसकी प्रमुख कार्यकारी अधिकृत प्रिन्सेस एलिया प्यान्डोल्फीप्रति कृतज्ञता ज्ञापन गरे । आगामी दिनमा शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठानको शैक्षिक र प्राविधिक दुवै क्षेत्रका लागि यो सहकार्य लाभदायी हुने अध्यक्ष सिलवालको धारणा थियो ।

एड्भान्स्ड कलेज तथा काश्मीर वल्र्ड फाउन्डेसनको सम्बन्धमाथि प्रकाश पार्दै संस्थाका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरे । यस किसिमको सहकार्यले स्टिम शिक्षा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने बताउँदै रेग्मीले काश्मीर वल्र्ड फाउन्डेसनद्वारा गरिने महत्त्वाकाङ्क्षी ड्रोन उडान अवश्य पनि सार्थक रहने बताए । निर्देशक रेग्मीले प्रविधि र अनुसन्धानका क्षेत्रमा उत्साहपूर्ण महिला सहभागिताप्रति सन्तोष व्यक्त गरे ।

काश्मीर वल्र्ड फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत प्रिन्सेस एलिया प्यान्डोल्फीले दुई संस्थाबीच भएको सहकार्यप्रति प्रसन्नता व्यक्त गरिन् । ड्रोन एप्लिेकसन्सको डिजाइन र विकासमा विद्यार्थीहरूलाई सशक्त र व्यस्त राख्ने विषयमा उनले आफ्ना दृष्टिकोण राखिन् । ‘छिट्टै नेपालमा ड्रोन उडान गर्ने हाम्रो योजनाले सार्थकता पाउँदा हामी रोमाञ्चित छौँ ।’ प्यान्डोल्फीले थपिन् ।

काश्मीर वल्र्ड फाउन्डेसनका डा. रोन प्यान्डोल्फीले यस सहकार्यबाट एड्भान्स्ड कलेजका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने अवसर पाउने कुरा बताउँदै एड्भान्स्ड इन्जिनियरिङ कलेजबाट काश्मीर वल्र्ड फाउन्डेसनले मिहिनेती र नवीन उत्पादनहरूमा लाभ प्राप्त गर्ने बताए । अन्त्यमा दुवै संस्थाको कल्याणका लागि उनले आफ्नो गम्भीर चासो र चिन्तासमेत व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको