
९ चैत, काठमाडौँ । साताको पहिलो दिन ६३ दशमलव ३८ अकंले बढेको सेयर बजार नेप्सेमा सोमबार भने दोहोरो अकंले गिरावट आएको छ । आज नेप्से २४ दशमलब ०८ अकंल घटेर २५१४ दशमलब ३९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ७९ अकंले घटेर ४४८ दशमलब ८० अकंमा पुगेको छ ।
सेयर बजारमा गिरावट आएसँगै होटल्स/पयर्टन र जलविद्यृत बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।
आज कुल सूचिकृतमध्य २११ कम्पनीको ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२४ रुपैंया बराबरको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६१ हजार ८ सय ८८ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अपर तामाकोशी, नेपाल बंङ्गलादेश बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, डेप्रेक्स लघुवित्त लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बङ्गलादेश बैंक, नबिल इक्यूटी फण्ड, अपर तामाकोशी, ग्लोबल आईएमई समुन्नत योजना १ लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा दोहोरो अकंले गिरावट आउदाँ पनि अपर तामाकोशीका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यस्तै चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९.९९ प्रतिशत, आँखु खोला हाइड्रोपावर लगानीकर्ताले ६.६९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाउदाँ, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ४.७१ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.९९ प्रतिशत, आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा ३३ कम्पनी लागनीकर्ताले कमाउदाँ १३८ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ८ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन