
११ चैत, काठमाण्डौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुह निकट विद्यार्थी संगठन अनेरास्विीयुले सुदेश पराजुलीको नृेतत्वमा समानान्तर कमिटी बनाएको छ ।
मंगलबार राजधानीमा आयोजित राष्ट्रिय भेलाले यसअघिका सचिव सुदेश पराजुली नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ ।
नयाँ कमिटीको सहअध्यक्षमा वसिम आलम, महासचिवमा आरती लामा, कोषाध्यक्षमा दिपेश प्रसाई, उपाध्यक्षहरुमा यसु लामा, हिरेन्द्र शाही, लोकेश निरौला, माधव पन्थ, केशरी रेग्मी, सुदिप शर्मा, युवराज कुँवर कल्पना थापा रहेका छन् ।
त्यस्तै सचिवहरुमा मिलन राई, एकराज दाहाल, प्रकाश श्रेष्ठ, दीपक फुयाँल, रवि राय, प्रतिक्षा कार्की, भुपेन्द्र शाह, अशोक थापा, तपेन्द्र शाही, ऐन विक्रम कुँवर, कल्याण दाहाल, नरेश न्यौपाने, भुपेन्द्र शाही, सञ्जय लामा, दुर्गा जोशी, गणेश सिंह ऐरी, भिष्मराज सुवेदी, डम्बर सिंह, जंग विक, दिपक विष्ट, दिनेश लो, डा. निश्चल गुप्ता, लायक चौधरी, निशा चापागाईँ, हरिष खड्का, देवीनन्द मण्डल, राजकिशोर यादव, राजन शर्मा पराजुली, महेश श्रेष्ठ, प्रदीप थापा, राजु थामसाङ, किशो टण्डन, दिपेश बराल, लक्ष्मी केसी, राजकुमार विक, राजेन्द्र कुँवर र भेसनाथ चापागाईँ रहेका छन् ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा शंकर गौतम, केन्द्रीय लेखा आयोगको अध्यक्षमा उत्तर खड्का र केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा रमेश बराल रहेका छन् ।