-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्लाहीका वनमा एक महिनादेखि निरन्तर डढेलो



११ चैत, सर्लाही । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।

चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो नदेखाएको पाइएको छ । डढेलोका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका दर्जनौँ बस्ती जोखिममा परेका छन् । लालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए । तामाङका अनुसार बस्ती छेउमा डढेलो आउन खोज्दा स्थानीयवासी आफैँले निभाए पनि जङ्गलमा फैलिएको डढेलो निभाउन भने कसैले पनि चासो देखाएका छैन ।

डढेलोले सानाठूला रूखबिरुवा जलेर खरानी भइरहेका छन् । वन तथा वन्यजन्तु विज्ञले वन क्षेत्रमा यसरी वर्षेनि डढेलो लाग्ने भएकाले सामान्य जस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनाका साथै वातावरणमा समेत गम्भीर असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वनमा डढेलो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले शिकार बढेको छ ।

वनका कर्मचारीले मात्रै डढेलो निभाउन सम्भव नभएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताए । डढेलो लगाउँदा घाँसपातको पालुवा चाँडो पलाउने गलत सोचाइ राखेर गोठाला तथा स्थानीय बासिन्दाले नै वनमा डढेलो लगाउने गरेको उनका भनाइ छ । प्रमुख देवले डढेलो लाग्न नदिन स्थानीय बासिन्दालाई वर्षेनि सञ्चारमाध्यमबाट सचेत गराउँदै आइरहेको बताए ।

उल्लेखित वनमा फागुनदेखि नै डढेलो लाग्न शुरु गरेको भए पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । सो क्षेत्रबाट निरन्तर वनजन्य वस्तु तथा वन्यजन्तुको शिकार पनि भइरहेको वन कार्यालयका कर्माचारीहरू नै स्वीकार्छन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं