
११ चैत, विराटनगर । प्रदेश १ को सत्तारुढ नेकपा एमाले संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।
बैठकमा माधव नेपाल पक्षधरका सांसद पनि सहभागि भएको उनीहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने जानकारी पनि दिएको एक सांसदले जानकारी दिए ।
बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकका साथै काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, यशोदा अधिकारी,जसमाया गजमेर, विमल कार्की, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलाई मनोनयन गरेको छ ।