-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

डोटीका जिप्रकामा कर्मचारी अभाव हुँदा सेवाग्राहीहरु सास्ती झेल्न बाध्य



११ चैत, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् ।

कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एकजना चालकको दरबन्दी वर्षौंदेखि खाली रहेको छ ।

चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता रहेको केआईसिंह गाउँपालिकाबाट आएका सेवाग्राही रमेशबहादुर भुलले बताए । उनले भने, “सेवाग्राही दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा साँझपख रित्तो हात फर्किन बाध्य हुने गरेका छन्, कर्मचारी नभएका कार्यालय खोल्नु किन ।”

पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या अधिक रहेका कारण तोकिएका कर्मचारी अभावका कारण काममा केही समस्या हुँदै आएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले बताए । उनले भने, “हामीसँग कर्मचारी अभाव छ, कर्मचारी हुँदाहुँदै कसैको काम रोकेका छैनौँ, कर्मचारी नभएपछि कसरी काम गर्नु, समस्या नै छ ।”

कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकतालगायत सेवा दिइने व्यवस्था मिलाएको छ । जिल्लाको विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटोछरितो सेवा प्रवाह हुन नसक्दा आफूहरु सास्ती झेल्न बाध्य रहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ सहसचिव एक, सहायक प्रजिअ एक उपसचिवसहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये एक, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी पनि खाली छ ।

लामो समयदेखि कर्मचारी अभावमा कार्यालयको कामकाज सञ्चालन गर्न तथा सेवाग्राहीलाई सेवा दिन समस्या हुने गरेको प्रजिअ भीमप्रसाद भट्टराईले बताए । उनले भने, “तोकिएका दरबन्दीका कर्मचारी नहुँदा कामकाजमा केही समस्या पक्कै भएको छ, समस्या समाधानका लागि पहल हुँदैछ ।” जिल्ला प्रशासनमा खाली भएका दरबन्दी तथा कर्मचारीको विवरण गृह मन्त्रालयमा पठाइसकेकाले गृहले चाँडो कर्मचारी पठाउन सक्नेमा आफू विश्वस्त रहेको उनले जानकारी दिए ।

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा